मुखमैथुन (oral sex) के हो ?
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सम्पर्कमा ल्याएर गरिने यौन क्रियाकलापलाई नै मुखमैथुन अर्थात् (oral sex) भनिन्छ ।
कतिपय व्यक्तिका लागि यो निकै सुखदायी तथा आकर्षक हुन्छ भने कतिका लागि एकदमै विकर्षक । कतिपयलाई यो पश्चिमा संस्कृतिको प्रभाव हो भन्ने लाग्ला, तर यो पूर्वीय समाजमा पनि थियो भन्ने कुरा बिर्सनु हुँदैन ।
कामसूत्रमा ऋषि वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाममा वर्गीकृत गरेका छन् । ती हुन्— निमित्त (हातले लिङ्गलाई समातेर ओठ त्यसमा राखेर मुख गोलो पारेर हल्का किसिमले घर्षण गर्नु), पाश्र्वतोदष्ट (लिङ्गको अघिल्लो भागलाई हातले छोपेर, पछिल्लो भागलाई ओठले दबाउने), बहिसन्देश (लिङ्गको अग्रभागलाई मुखभित्र राखेर अघिपछि गर्ने), अन्तस्सन्देश (बहिसन्देश भन्दा बढी नै मुखभित्र राखेर अघिपछि गर्ने), चुम्बितक (ओठलाई चुम्बलिएजस्तै गरेर लिङ्गको चुम्बन लिने), परिमुष्टक (जिब्रोले लिङ्गको अग्रभाग चलाउने), आम्रचूसितक (लिङ्गलाई मुख भित्र राखेर आँप चुसेजस्तै चुस्ने), संगर (लिङ्गलाई दाँतले स्खलित नभएसम्म दबाउने) ।
यद्यपि मुखमैथुन लिङ्ग र मुखमा मात्र सीमित छैन । वास्तवमा मुखमैथुन भन्दा १. लिङ्ग–मुख मैथुन, २. योनि–मुख मैथुन, ३. गुद्द्वार–मुख मैथुन सबै मुखमैथुनको प्रकारलाई बुझ्नुपर्छ । लिङ्ग–मुख मैथुन तथा गुद्द्वार–मुख मैथुन पुरुष–पुरुष तथा पुरुष–महिलाका बीच हुन सक्छ भने योनि–मुख मैथुन पुरुष–महिला तथा महिला–महिलाका बीच हुन सक्छ ।
मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो–होइन वा पछि गएर यसले कुनै हानि गर्छ कि भन्ने आशंका धेरैमा पाइन्छ । स्वस्थ व्यक्तिबीचको मुखमैथुनलाई असुरक्षित मानिँदैन । यसले स्वास्थ्यमा कुनै किसिमको हानि गर्दैन । स्वस्थ व्यक्तिको वीर्य होस् वा योनिरसले आफैंमा कुनै हानि वा खराबी गर्ने होइन । त्यसैले यस्तो वीर्य वा योनिरस मुखमा पर्दा वा निलिँदा कुनै हानि पुग्दैन । तपाईको श्रीमानलार्इ मुख–मैथुन मन पर्ने भएकाले उनले त्यसको भरपूर आनन्द लिनुभएको देखिन्छ तर तपाईंलाई भने केही असजिलो भएजस्तो बुझिन्छ । यसमा तपार्इं सहज रूपमा संलग्न हुन सक्नुभए कुनै हानि गर्दैन ।
तपाईंहरू दुवैमा कुनै रोग भएको कुरा पत्रमा उल्लेख छैन, यस अर्थमा तपाईंहरू स्वस्थ हुनुहुन्छ । स्वस्थ व्यक्ति अर्थात् यौनरोग नभएका व्यक्तिहरूका बीचमा मात्र यौनसम्पर्क हुँदा यौनरोग लाग्ने कुरा हुँदैन । यदि यौनरोगहरू छन् भने कुरा अर्कै हो । सामान्य लिङ्ग–योनि यौनसम्पर्कजस्तै रोग सर्ने कुरा यसमा पनि लागू हुन्छ । यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि वा भनौं निको भएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यौनरोग लागेको अथवा यौनरोग लागेको शंका मात्र छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । अहिले मुखमैथुनका लागि नै भनेर कन्डम पनि पाइन्छन् । योनि–मुख मैथुनका लागि डेन्टल ड्याम (रवरको पातलो चारपाटे टुक्रा) को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ । डेन्टल ड्याम छैन भने कन्डमलाई काटेर चारपाटे टुक्रा बनाउन सकिन्छ । मुखमा चोटपटक छ भने र मुखमा वीर्य स्खलन भएको स्थितिमा जोखिम बढ्ने कुराको हेक्का राख्नुपर्छ ।
यौनसम्पर्क संलग्न दुवै व्यक्तिको सहमतिमा हुनुपर्ने कुरा हो । कर गर्नु वा दबाब दिनु सुखमय यौनसम्बन्धका लागि उचित हुँदैन । कतिपय व्यक्तिमा मुखमैथुनप्रति रुचि नहुन सक्छ । दबाबमा वा जबरजस्ती यस्तो मुखमैथुन गर्ने वा योनिरस वा वीर्य निल्ने दबाब दिनु भने मनासिब होइन । कसै–कसैलाई योनिरस वा वीर्यको स्वाद, गन्ध आदि मन नपर्न सक्छ । यस्तो स्थिति क्षणिक रूपमा वाकवाक लाग्न सक्छ ।
मुखमैथुनका लागि अर्को महत्वपूर्ण कुराचाहिँ यौनअंगहरूको सरसफाइ हो । हामी विभिन्न कारणले यौनअङ्गहरूको सरसफाइ राम्रोसँग गर्दैनौं र यसलाई जहिले पनि फोहोर अङ्गका रूपमा लिन्छौं । मुखमैथुनबाट कुनै हानि हुँदैन र यो एक किसिमले स्वस्थ यौन क्रियाकलाप हो ।