धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउन ‘एक्सन धरान’ ले अभियान थालेको छ । [caption id="attachment_52747" align="alignnone" width="1076"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] प्रतिष्ठान भित्र हुने भ्रष्टचारदेखि स–सना समस्याहरुको निराकरणको लागि एक्सन धरानले काम सुरु गरेकाे हो । बिहीबार एक्सनले प्रतिष्ठानलाई १३ बुदे मागपत्र राख्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारलाई ज्ञापन पत्र बुझाएका छन् । ‘ट्वाइलेटदेखि आइसियुसम्म पुग्छौं । सबै चिजमा हाम्रो पहरेदारी जारी हुने छ ।’ एक्सन धरानका संयोजक संचित शर्माले ज्ञापन पत्र बुझाउँदै भने, ‘सकरात्मक कुराहरुमा हाम्रो सदैव यहाँका पदाधिकारी, चिकित्सक र कर्मचारीहरुलाई साथ सहयोग रहने छ ।’ एक्सन धरानले प्रतिष्ठान भित्र विगतदेखि हालसम्म विग्रनुलार्इ 'प्रमाणालीकाे दोष’ देखिएको निश्कर्ष निकालेका छन् । त्यही अनुरुप प्रणालीलाई सुधारको लागि पहल गर्ने अभियानमा रहेको सञ्चार संयोजक रोमी मोक्तानले बताए । ‘सिस्टम छ तर, सिस्टमेटिक छैन् । यो प्रणालीमा चेन्ज ल्याउनु प¥यो भन्ने हाम्राे माग हो ।’ उनले भने । ज्ञापन पत्र बुझ्दै उपकुलपति प्रा.डा. रौनियारले जति माग छन् त्यसलाई आफूले गम्भीरताका साथ लिएको बताए । ‘जति माग छन् ती मेरो मनको कुरा हो ।’ यसलाई गम्भीरताका साथ लिएको छु ।’ उनले प्रतिष्ठानमा पूर्व मेचीदेखि पश्चिमसम्म र पहाडदेखि भारतको बिहारसम्मका बिरामीहरु आउने र सेवा प्रवाहमा विस्तार गर्नु पर्ने बाध्यता देखिएको छ त्यसको लागि पनि सरकारलाई प्रस्ताव पत्र पेश गरिसकेको बताए । उनले समस्या र चूनौतिहरु धेरै नै भएको बताउँदै आइसियु, आकस्मिक र डायलसिस सेवा विस्तार गर्ने तयारीमा रहेको बताएका छन् । एक्सन धरानले ट्वाइलेटको समस्या ७ दिन भित्र समाधान गर्नको लागि पनि प्रतिष्ठानलाई दवाव दिएको छ । ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय तथा स्वास्थ्य मन्त्रालयको कार्यालयमा बोदार्थ दिने संयोजक शर्माले बताए ।