काठमाडौं / अनेरास्ववियुले बाढीपीडितका लागि राहत सङ्कलन गर्न देशभरीका सबै कमिटी परिचालित गरेको छ।
अनेरास्ववियु शैक्षिक बिभाग प्रमुख माधव पन्तले सङकलन भएको लत्ता कपडा, खाद्यान्न, खाजा, भाडाकुडासहित सिराहा जाने तयारी भएको बताए । डक्टरसहितको स्वास्थ्य टोली बाढीप्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए ।
‘पीडितको सहयोग गर्नु मानबीय धर्म हो, बिपद्मा परेको बेला असहायलाई सहारा बन्नु हाम्रो दायित्व हो।' उनले भने । अनेरास्ववियुको यो सानो प्रयासले पीडितको घाउमा थोरै भए पनि मलम लगाउने काम गर्नेमा उनले विश्वास व्यक्त गरे ।
यसैबीच अनेरास्ववियुले मंगलबार त्रिभुवन विश्वाविद्यालयबाट ५० हजार पाँच सय ६० रुपैयाँ राहत संकलन गरेको छ । अनेरास्ववियु त्रिवि कमिटीले विश्वविद्यालय क्याम्पसबाट राहत संकलन गरी केन्द्रीय कमिटीलाई हस्तान्तरण गरेको हो।