काठमाडौं/ धेरैजसोलाई दूधचिया पिउन मजा लाग्छ तर कालो चियामा बढी लाभदायक तत्त्व हुन्छन् । कालो चिया पिउँदा शरीरमा स्फुर्ति त प्राप्त हुन्छ नै, रोगहरू पनि निको हुन्छन् ।
तौल घटाउन मोटोपन अहिलेको ठूलो समस्या हो । तपाईंमा पनि यो समस्या छ भने आहारमा कालो चिया समावेश गर्नुस् । दिनदिनै कालोचिया पिउँदा शरीरमा जमेको अतिरिक्त बोसो कम हुन्छ र तौल पनि घट्छ ।
मुटुलाई फाइदा कालो चिया पिउँदा शरीरमा कोलेस्ट्रोल स्तर सन्तुलित रहन्छ । रक्तप्रवाह पनि तेज हुन्छ अनि मुटु स्वस्थ रहन्छ । मुटुरोगीले दिनदिनै कालो चिया पिएको राम्रो हुन्छ ।
क्यान्सर दिनदिनै कालो चिया पिउँदा क्यान्सरजस्तो खतरनाक रोग पनि लाग्दैन ।
तनाव व्यस्त जीवनशैलीले तनाव ल्याउँछ र अनेकौं रोग निम्त्याउँछ । यस्तो अवस्थामा आफ्नो आहारमा कालो चिया समावेश गर्दा चिन्ताको स्तर घट्छ । कालो चिया पिउँदा स्मरणशक्ति पनि बढ्छ र दिमाग तीखो हुन्छ ।
ऊर्जा दिनभरि काम गर्दा थकाइ लाग्छ । बेलुका कालो चिया पिउँदा शरीरमा स्फुर्ति आउँछ ।
छाला दिनदिनै कालो चिया पिउँदा छालाका समस्या समाधान हुन्छन् । समयअगावै चाउरी पर्ने र छाला संक्रमण हुने समस्या आउँदैन ।
पाचनशक्ति गलत खानपिनका कारण पाचनशक्ति कमजोर हुन्छ । यसकारण ग्यास र कब्जियतजस्ता समस्या हुन्छन् । कालो चिया पिउँदा पाचनशक्ति बलियो हुन्छ र पेट पनि स्वस्थ रहन्छ । एजेन्सी