के तपाईलाई थाहा छ अविवाहित पुरुषभन्दा विवाहित पुरुष ज्यादा स्वस्थ हुन्छन् ? धेरै वैज्ञानिक अनुसन्धान तथा अध्ययनबाट यस निष्कर्षमा पुगिएको हो ।
वैज्ञानिकका अनुसार विवाहित पुरुषहरुमा मुटुरोग, क्यानसर जस्ता रोगहरुसँग लड्ने क्षमता बढी हुन्छ । अविवाहित पुरुषमा यसको सम्भावना कम हुन्छ । जान्नुहोस् आखिर विवाहित पुरुषहरु अविवाहित पुरुषभन्दा किन बढी स्वस्थ हुन्छन् ।१. पछिल्लो १५० वर्षमा गरिएको एक अध्ययनका अनुसार विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु कम स्वस्थ हुन्छन् ।
२. अमेरिकामा १,२५,५४५ जना पुरुषमा गरिएको एक सर्वेमा विवाहित पुरुषहरु अविवाहित वा डिभोर्स भइसकेका युवाहरुभन्दा धेरै समय बाँच्ने र स्वस्थ रहन्छन् ।
३. जापानमा गरिएको एक अध्ययनमा विवाहित पुरुषहरुभन्दा अविवाहित पुरुषहरु मुटुरोगका कारण मृत्यु हुने देखिएको छ । श ४. २७७७९ क्यानसर केश अध्ययनमा अविवाहित पुरुषहरुको क्यानसर एडभान्स स्टेजमा पुगेपछिमात्र थाहा पाउने देखाएको छ ।
५. विवाहले भावानात्मक, मानसिक तथा सामाजिक रुपमा विवाहित पुरुषलाई बलियो बनाउने गर्छ । अविवाहित पुरुषमा डिप्रेशनको सम्भावना बढी हुने बताइएको छ ।
६. विवाहित पुरुषको तौल बढ्ने सम्भावना एकल वा अविवाहित पूरुषभन्दा २५ प्रशिसतले बढी हुन्छ ।