‘निर्माता हार्वी वाइनस्टिन ऐश्वर्या रायसँग एक्लै भेट्न चाहन्थे ’
हलिउडका चर्चित निर्माता हार्वी वाइनस्टिन अहिले सञ्चार माध्यममा चर्चामा रहेका छन् । उनको विरुद्ध हलिउडका कैयौँ अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएका छन् । अमेरिकी अभिनेत्री एन्जेलिना जोली, ग्वीनेथ पाल्त्रोव, जेनिफर लरेन्ससहित कैयौँ अभिनेत्रीले वाइनस्टिनमाथि यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।
हार्वी वाइनस्टिनमाथि दिनहुँ नयाँ–नयाँ आरोप लाग्ने गरेको छ । अहिले फेरि वाइनस्टिनले ऐश्वर्या रायसँग एक्लै भेट्न चाहेको कुरा सार्वजनिक भएको छ । रायका म्यानेजरले वाइनस्टिनले एक्लै भेट्न चाहेको खुलासा गरेका छन् ।
अन्तर्राष्ट्रिय मञ्चमा ऐश्वर्यासँग वाइनस्टिनले धेरै पटक भेटेका छन् । ऐश्वर्याका इन्टरनेसनल ट्यालेन्ट म्यानेजरसँग वाइनस्टिनले ऐश्वर्यासँग एक्लै भेट्ने वातावरण कसरी बन्छ भनेर सोधेको बताइन्छ । तर ऐश्वर्याका म्यानेजरले कुरा अघि बढ्न दिएनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































