नेपालमा सफल प्रदर्शनपछि ‘ए मेरो हजुर २’ को शनिवार अष्ट्रेलियामा भव्य प्रिमियर गरिएको छ । नेपालबाट फिल्मकी निर्देशक झरना थापा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित प्रिमियरमा सयौं दर्शक सहभागी थिए । निर्देशक थापाका अनुसार, फिल्मको पहिलो अष्ट्रेलिया प्रदर्शन हाउसफुल भएको छ ।
अष्ट्रेलियाको प्रिमियरमा झरना र साम्राज्ञी आकर्षणको केन्द्रविन्दु बनेका थिए अझ नायिका साम्राज्ञीले लगाएको हट पहिरनले प्रिमियर माहोल गर्माएको थियो उनको बोल्ड अन्दाजले सबैलाई मन्त्रमुग्ध बनायो । कलाकारले लगाउने पहिरन, उनीहरुको शैलीले पनि मिडियामा एक प्रकारको हाइप बनाउँछ । यी सुन्दरी पनि प्रायः यस्तै कारणले मिडियाको लाइमलाइटमा पर्ने गर्छिन् । प्रिमियरमा साम्राज्ञीको सौन्दर्य चर्चा पनि राम्रै भयो ।
‘ए मेरो हजुर २’ मा सलोन बस्नेत, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, अम्बर सुवेदी, अनुभव रेग्मी, अजश्र ढुंगाना, वुद्धि तामाङ, अनुराग कुँवर लगायतका कलाकारहरुको अभिनय छ ।
news24