जुवा/ दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण बस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको यहाँको स्थानीय प्रहरीले जनाएको छ । जोङलाईको सूचना मन्त्रालयले सिन्वा न्यूज एजेन्सीलाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् । उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ ।
जातीय झडपमा ४० जनाको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































