सप्तरी/ संघीय समाजवादी फोरम नेपालका उम्मेदवार मोहमद सहमुल अलि र नेता विनोद मण्डलमाथि सोमबार राति झण्डै ९ बजे छुरा प्रहार भएको प्रहरीले जनाएको छ । मोहमद सहमुल अलि सप्तरी क्षेत्र नम्बर ४ ‘ख’ मा प्रदेश सभा सदस्य उम्मेदवार हुन् । सप्तरीका प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार स ५ प १९४२ नम्बरको मोटरसाइकलमा आएको नचिनेका मानिसको समूहले छुरा हानेका हुन् । छुरा लागेर गम्भीर घाइते भएका दुवैजनाको राजविराजमा नै उपचार भइरहेको छ । बलाङबिहुल गाउँपालिकाको बिहुल नदी नजिक उनीहरुमाथि छुरा प्रहार भएको प्रहरीले जनाएको छ ।
उम्मेदवारमाथि छुरा प्रहार
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































