पाल्पा/पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गरेकाे थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उनको मृत्यु भएको हो ।
मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































