सोलुमा बामगठबन्धनको क्लिनस्वीप
सोलुखुम्बू/सोलुखुम्बूमा पनि बामगठबन्धनले क्लिनस्वीप गरेको छ । सोलुखुम्बूमा प्रतिनिधि सभामा माओवादीका हेमराज राई २० हजार ९१२ मत ल्याउँदै विजयी बनेका छन् ।
प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बलबहादुर केसीले १७ हजार ७४५ मत प्राप्त गरे । त्यस्तै प्रदेश सभा तर्फ क मा एमालेका उत्तमकुमार बस्नेतले १० हजार ५८५ मत ल्याउँदै विजयी बने ।
प्रतिद्धन्द्धी कांग्रेसका प्रकास सिंह कार्कीले ८ हजार ९२२ मत प्राप्त गरे । प्रदेश ख मा एमालेका बुद्धिकुमार राजभण्डारीले १० हजार ३८७ मत ल्याउँदै विजय बनेका छन् । प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आङगेलु शेर्पाले ७ हजार ९२९ मत प्राप्त गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































