दमक/ मोरङको पथरीशनिश्चरे-१० स्थित भुटानी शरणार्थी शिविरमा एक महिलाले आफ्नै ३ दिने शिशुको हत्या गरेकी छिन् ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार शनिश्चरे शिविर सेक्टर ‘बी’ हट नम्बर १० की २७ वर्षीया लक्ष्मी गुरुङले तीन दिने छोरीको हत्या गरेकी हुन् ।

शुक्रबार राति ११ बजे दूध खुवाउने क्रममा रोएपछि लक्ष्मीले हिर्काएर शिशुको हत्या गरेको प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले बताए । उनका अनुसार घरमा एक्लै रहेकी लक्ष्मीले शिशुको मुखमा मुक्का प्रहार गरेकी थिइन् । मुक्का प्रहारबाट शिशुको घटनास्थलमै मृत्यु भएको थियो ।

छिमेकीकोमा गएका श्रीमान बरुण गुरुङ्गले घर फर्किएर छोरीबारे सोधीखोजी गर्दा लक्ष्मीले आफूले मारेर फालेको बताएकी थिइन । लक्ष्मीले शिशुको हत्या गरी शिविर नजिकैको पैनीमा लगेर फालेकी थिइ्न । घटनालगत्तै लक्ष्मीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रीमान बरुणका अनुसार लक्ष्मीले मानसिक रोगको औषधी सेवन गर्दै आएकी छिन् ।