धनकुटा/ मुलुक संघिय संरचनामा गएसँगै धनकुटामा क्रियाशिलपत्रकारहरुलाई प्रमुख कानुन र आचार संहिता विषयक तिनदिने पत्रकार आवद्धता तालिम सनिवार धनकुटामा शुरु भएको छ ।
[caption id="attachment_66110" align="aligncenter" width="960"] नेपालपत्रकार महासंघका पुर्व सभापती डा.सुरेश आचार्य तालिम उद्धघाटनको क्रममाआफ्नो विचार राख्नु हुँदै ।[/caption]धनकुटा नगरपालिकाका मेयर चिन्तनथिङ तामाङको प्रमुखआतिथ्यमा सम्पन्न तालिम उद्धघाटन समारोहमा वोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रलाई पनि संघिय संरचनामा नयाँ ढंगले अघि वढाउन क्रियाशिल पत्रकारहरुलाई कानुन र आचार संहिता सम्वन्धि तालिमआयोजना हुनु आफैमा राम्रो विषयभएको वताएका छन् । उनीहरुले सूचनाको हकआफै मिडिया कानुन नभएपनि सर्वसाधरण नागरिकले कुनै सार्वजानिक निकायवाट सूचना लिनु पर्ने अवस्थाआए सूचनाको हक प्रयोग गरेर सुचना लिन पाउने कानुनी व्यावस्था भएको वताएका छन् ।
तालिमको सहजकिरण नेपाल पत्रकार महासंघका पुर्व सभापतीएवं वरिष्ठ पत्रकार डा.सुरेश आचार्य र विजय मिश्रले गरिहेका छन् । तालिम उद्धघाटनको अवसरमा वोल्दै डा.सुरेश मिश्रले तालिममा प्रश्तुत गरिने पाठ्याक्रम र प्रशिक्षणको खाका प्रश्तुत गर्दै तालिमको विषय वस्तु अत्यन्त्यै महत्वपुर्ण भएकाले सहभागीहरुलाई सक्रिय पुर्वक भागलिन आग्रह गरेका थिए । उनले आचार संहिताकानुन हैन, वाध्यात्मक नियम भएकोले आफुले आफैलाई वाँध्न आचार संहिता निर्माण गर्ने गरिएको स्पष्ट पारेका थिए । उनले कतिपय सञ्चारसँग गासिएका कानुनहरू अवको नयाँव्यवस्था स्थानिय सरकारले वनाएर लागु गर्ने पनि व्यवस्था रहेको वताएका छन् ।
त्यसैगरी अर्का सहतकर्ता विजयमिश्रले स्वतन्त्रता र लोकतन्त्रको कुरा गरी रहँदा फेरी पनि मिडिया माथि नियन्त्रणको प्रश्न उठीरहेको वताएका छन् । मिश्रले हिजो एकात्मक शासन हुँदा राजामहाराजाहरुले जे गरिल्याएका थिए आजका राष्ट्रपतीले पनि त्यही गर्नु पर्छ भन्ने मान्यता नेपाली राजनितिवाट नहटेसम्म मिडिया माथिको नियन्त्रण कायम नै रहने वताए ।
सहजीकरणको क्रममा तालिमको पहिलो दिन वि.सं.१९१० मा बनेको नेपाल प्रेस कानुन् देखी छापाखाना तथा प्रकाशन सम्वन्धि ऐन २०४८, सूचनाको हक २०६४ र राष्ट्रिय प्रचारण नियामवली २०६६ लगायतको विषयमा सहजकर्ता मिश्रले प्रश्तुती गरेका थिए । सो अवसरमा उनले श्रम जिवीपत्रकार ऐन २०५१, प्रेस काउन्सिल ऐन २०४८, नेपालको संविधान २०७२ ले व्यवस्था गरेको धारा १९ को सञ्चारको हक, धारा २७ को सुचनाको हक र गाली वेज्जती ऐन २०१६ का वारेमा सहजकिरण गरेका थिए ।
३ दिनसम्म संचालन हुने तालिममा धनकुटामा क्रियाशिल ४० जनपत्रकारहरुले भाग लिइरहेका छन् । नेपाल पत्रकार महासंघ धनकुटा शाखाकाअध्यक्ष राजेश्वरवहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न तालिम उद्धघाटन समरोहमा स्वागत मन्तव्य उपाध्यक्ष नगेन्द्र राईले राखेका थिए ।कार्यक्रमको संचालनशाखा सचिव विदुर खवासले गरेका थिए ।तालिम संचार मन्त्रालय, सुचनाविभागको अयोजना र नेपालपत्रकार महासंघ धनुकटा शाखाको स्थानिय संयोजनमा सम्पन्न भैरहेको छ ।