झापाको दमकस्थित आम्दा अस्पतालमा एक विरामीलाई शव गृहमा राखेर उपचार गराउदा गराउदै मृत्यु भएको पाइएको छ । मानसिक सन्तुलन गुमाएका भारतको आसामघर भएका अन्दाजी ५० बर्षिय नेत्र ओझालाई प्रहरीले तिन दिन अघि दमकस्थित बसपार्क नजिकैबाट वेवारिसे अवस्थामा शक्त बिरामी भेटेपछि उद्धारगरि आम्दा अस्पता पुरयाएको थियो । नाजुक स्वास्थ्य अवस्थामा अस्पताल पुरयाइएका ओझालाई अस्पताल प्रसासनले बेडबाट नै उपचार शुरु गरेको भएपनि अरु विरामीले विरोध जनाएपछि थप उपचारकालागि अन्यत्रनै सार्नुपरेको अस्तपाल प्रशासनले जनाएको छ । मृतका आफन्त र कुरुवा समेत नभएपछि समस्या भएको अस्पतालका प्रशासकिय अधिकृत भिम धमलाले जानकारी दिए । धमलाका अनुसार शुरुमा ओझालाई बेडमा नै राखेर उपचार शुरु गरिएको भएपनि विरामीमा गम्भिर प्रकतीको रोगभएको आशंकामा छु्ट्टै कोठामा राखेर उपचार गर्नुपरेको बुझिएको छ । शब गृहमा विरामी देखेपछि अस्पताल पुगेका सेवा ग्राहीहरुमा आइतबार मध्यान्न केहि बेर खैला बैला समेत भएको थियो । तर अस्पतालले भने त्यो कक्ष शव गृह नभएको दावि गरेको छ । केहि दिन अघि अस्पताल अनुगमनकालागि मन्त्रालयबाट आएको अनुगमन टोलीलाई देखाउनकालागि मात्र सो कक्षमा शबगृह लेखिएको र भुलबस हटाउन भुलेको धमलाले बताए । अस्पतालले आईसुलेसन कक्षका रुपमा गम्भिर प्रकृतिका विरामीहरुलाई उक्त कोठामा राखेर उपचार गर्ने गरेको दावि समेत गरेको छ ।

हाम्राेदमकबाट