मोरङ/ मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहरमा आइतबार बसको ठक्करबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। रानीबाट बिराटनगर जादै गरेको को १ ख २११५ नम्बरको बसले विहान ७ बजेतिर को २० प ८८२८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–६ शनी मंन्दिर चौक बस्ने ३८ बर्षिय गौतम साह घाइते भएका छन्। उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरेहको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।