भद्रपुर । नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ ले प्रदेशसभामा नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसद बनेका ओमप्रकाश सरावगीलाई सम्मान गरेको छ । भद्रपुरका स्थायी बासिन्दा सरावगीको प्रदेश नम्बर १ मा सांसदको कार्यकाल सफलताको कामना गर्दै क्षेत्रीय समितिले सोमबार भद्रपुरमा सम्मान तथा बधाई ज्ञापन गरेको हो । क्षेत्रीय सभापति गणेश पोखरेललको सभापतित्व तथा सम्मानित व्यत्ति सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महिला नेतृ तारा भूर्तेल,जिल्ला समितिको तर्फवाट राम कट्टेल,पुर्व सांसद सुधिर कुमार सिवाकोटी,पुर्व जिल्ला सचिव भगिरथ पोद्दार ,पुर्व उपसभापति देउमान थेबे, नगर उपसभापति ज्ञानबहादुर चौहानले शुभकामना मन्तव्य राखेका थिए । क्षेत्रीय उपसभापति चिन्तामणि खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रकाश भण्डारीले गरेका थिए । माघ ७ गते सम्पन्न प्रदेशसभाको सपथ ग्रहणमा प्रदेश नम्बर १ का सांसदहरुमध्ये ज्येष्ठ सदस्यका नाताले सरावगीले बाँकी ९२ सांसदलाई सपथ गराएका थिए । प्रदेश सभामुख निर्वाचित नहुँदासम्म प्रदेशसभा सञ्चालनका लागि जेष्ठ प्रदेश सांसदले अध्यक्षता गर्ने संविधानमा व्यवस्था भए बमोजिम १ नम्बर प्रदेशसभाका जेष्ठ सांसद सरावगीले सञ्चालन गर्नेछन् । को हुन् ज्येष्ठ सदस्य सरावगी नेपाली कांग्रेसको तर्फबाट समानुपातिक पद्धतिबाट प्रदेश सांसद निर्वाचित भएका थिए । कांग्रेसका पुराना कार्यकर्ता सरावगी विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गरेका थिए । २०२१ सालमा भद्रपुर नगरपञ्चायतमा उनी वडा अध्यक्ष भएका थिए । पञ्चायत कालमा ३ पटक भद्रपुरको नगर प्रधानपञ्च बनेका थिए । २०२९ सालमा निर्विरोध र त्यसपछि २०३८ र २०४२ सालमा नगरको प्रधानपञ्च निर्वाचित भएका थिए । हाल कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेका उनको भद्रपुरमा सूर्य प्लाई उद्योग रहेको छ । नेपाल भारत मैत्रीसंघका निवर्तमान अध्यक्षसमेत उनि बनेका थिए ।