विजयपुर । खर्दु जोरधारे खानेपानी मुहानको बिषयमा अध्यन गर्न बनेको विज्ञ समितीले मङगलबार आफ्नो प्रतिबेदन बुझाएको छ । खर्दु जलाधार र आसपासका क्षेत्रमा पर्ने मुहानहरुमा पानीको उपलब्धता तथा डुम्रे शिखरबास क्षेत्रमा पानीको मागको बिषयमा अध्यन गर्न पुस ९ गते पुर्वान्चल इन्जिनियरीङ क्याम्पसका प्राध्यापक डा जाबेद आलमको संयोजकत्वमा पाँच सदस्यि गठन गरेको थियो । समितीले सात दिन भित्र प्रतिबेदन दिने भनिएपनि एक महिना लगाएर प्रतिबेदन बुझाएको हो । समितीका संयोजक डा.जाबेद आलम सहितको टोलिले मङगलबार धरान उप महानगरपालीकाका मेयर तारा सुब्बालाई प्रतिबेदन बुझाएको हो । ३६ पृष्ठलामो प्रतिबेदनमा खर्दु जोरधारे क्षेत्रको खानेपानीको मुहान तथा डुम्रे शिखरबास क्षेत्रमा बितरण हुने खानेपानीको बिषयमा अध्ययन गरिएको अध्यन समितीका संयोजक डा. जाबेद आलमले बताएका छन् । धरान उपमहानगरपालीकाका मेयर तारा सुब्बाले समितीको प्रतिबेदनका बारेमा आवश्यक अध्ययन गरेर बिस्तृत प्रतिबेदन सार्बजनिक गर्ने र कार्यपालीकाबाट आवश्यक निर्णय लिने बताए ।