चक्रघट्टि । लागु औषध गाजा कारोबारमा संलग्न दम्पतीलाइ ५१ किलो गाजासहित प्रहरीले नियन्त्रणमा लिएको छ । बराह नगरपालिका ५ कालाबन्जरको खुन गाउका ५० बर्षिय राम बहादुर राई र उनकी श्रीमती मती स्वरीलाइ गाजासहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चक्रघट्टिले जनाएको छ । बेचबिखन तथा कारोबारीका लागी घरमा लुकाइछिपाई राखिएको गाजा बिशेष सुराकीका आधारमा भरौल प्रहरी चौकीका असही राम जुलङ सिंहलाई जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चक्रघट्टिलाई सिंहले जानकारी गराएका थिए । इलाका प्रहरी कार्यालयका असही ज्ञानेन्द्र भट्टराईको कमाण्डमा गएको टोलीले घरमा खानतलास गर्दा मंगलबार बेलुका साढे चार बजे ५१ किलो २ सय ६० ग्राम लागुऔषध गाजा फेला पारिएको इलाका प्रहरी प्रमुख अभय जोशीले बताए । दम्पती लाई इलाका प्रहरी कार्यालयमा राखी अवश्यक अनुसन्धान भइरहेको जोशीले जानकारी दिएका छन् ।