शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगर क्षेत्रमा जारी रहेका विकास निर्माण योजनालाई चुस्त दुरुस्त गर्ने खवरदारीका क्रममा विहीवार वडा नम्बर १, २, ३ मा अनुगमन गरेको छ ।

नगर प्रमुख दीपिकुमार राई, २ नम्बरका वडाध्यक्ष याम गुरागाईं, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, प्राविधिक सन्तोष वस्नेत सहितको टोलीले अनुगमन गरेको हो ।

टोलीले, वडा नम्बर १ को फिल्महल लाइनमा निर्माण जारी रहेको ड्रेन, २ नम्बरको लाटी होलीको सानो पुल र २ र ३ जोड्ने लाटीहोलीकै ठूलो पुलको अनुगमन गर्दै समयमै गुणस्तरीय काम सक्न सम्बन्धित निर्माण पक्षलाई निर्देशन गरेको छ ।

१० नगरपालिकाको र १ लाख ५० हजार रुपैयाँ उपभोक्ताबाट जुटाएर लाटीहोलीको सानो पुल निर्माण भइरहेको निर्माण उपभोक्ता समिति अध्यक्ष खिलनाथ घिमिरेले जनाए ।

गत माघ ४ गते शिलान्यासपछि रफ्तारमा काम अघि बढेको लाटीहोलीको ठूलो पुलका लागि नगरपालिकाले २५ लाख र उपभोक्ताको ३ लाख ८० हजार गरी २८ लाख ८० हजार रुपैया जुटाएका छन् । १० मिटर लम्बाइ र १७ फुट चौडाईको पक्कीपुल निर्माण हुने निर्माण उपभोक्ता समिति अध्यक्ष मनकुमार राईले वताए ।