पथरी । यस अघि गाउँका जुनसुकै मुद्दा मिलाउन सधै प्रहरी चौकी, इलाका प्रहरी कार्यालय र अदालतमा पुग्नै पर्ने बाध्यता थियो । तर अहिले स्थानीय तहको न्यायीक समितिले त्यस खाले मुद्दाहरु मिलाउँदै आएको छ । मोरङको कानेपोखरी गाउँपालिकाको न्यायीक समितिमा अहिले मुद्धाको चाँङ लाग्न थालेको छ । समितिमा सबै प्रकारको मुद्दाहरु आउने गरेकोले मुद्दाहरु मिलाउन भ्याइ नभ्याइ भैरहको गाउँपालिकाको उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक राजमती इङ्नामले बताइन् । गाउँपालिकाको न्यायीक समितिले अहिले सम्म २१ वटा कागजी मुद्दा र ४३ वटा मौखिक मुद्दा मिलाई सकेको गाउँपालिकामा तथ्याङ छ । अरु ४ वटा ठुला मुद्दा ३ पटक छलफल भैसकेको छ तर मिल्न बाँकी छ । निवेदन परेको अन्य १३ वटा मुद्दा त समितिले हेर्न बाँकी नै छ । समितिले अहिले सम्म नमिलेको १ वटा मुद्दा मात्र अदालतमा पठाएको छ । समितिमा घरेलु महिला हिंसाको बढी निवेदन आउने गरेको संयोजक इङ्नामले बताइन् । सासु ससुरा र श्रीमानबाट पीडित महिलाहरु र बैदेशीक रोजगारमा रहदाको केस बढी हुने गरेको तथ्य गाउँपालिकाको न्यायीक समितिमा रहेको छ । कुनै मुद्दा ४ घण्टामा मिल्छ तर कुनै १ दिन लागेर भए पनि मिलेको तथ्य छ । उनले भनिन्–‘भरसक हामीले मिलाउने कोसिस गर्ने हो । झगडा मिलाउन टोल,घर घरमा बोलाउँछन् म गएर मिलाई दिन्छु पहिलेको भन्दा धेरै सहज भएको छ ।’ यस्तो मुद्दाहरु प्रहरी,अदालत सम्म पुगेर मिल्ने गरेको थियो भने कति महिला हिंसाको झगडाहरु प्रहरी सम्म पुग्न डराएर सहेर बस्ने गरेका थिए । अहिले सहज भएको छ । प्रहरी र अदालत सम्म पुग्दा धेरै रकम खर्च समेत हुने गरेको थियो त्यो बचत हुने भएको छ । समितिले एउटा विवाह गरेको २० बर्ष पछि अलग भएको पती पत्नीको पुर्नमिलन भएको छ । वडा नं. ४ पिँङडाडा घर भएको चुडाल थरीको पती पत्नी विच समितिले मिलन गराएको हो । इटहरी माइती भएकी महिलाले पेटमा बच्चा बोकेर माइत गएकी पत्नीले छोरो जन्माएको २० बर्ष पछि मात्र बाबुले आफ्नो छोरो देख्न पाएको र अहिले सँगै बस्दैआएको संयोजक इङनामले बताइन् । एउटा ३२ बर्ष अघि देखि नमिलेको दाजुभाइको अंशवण्डाको मुद्दा पनि परेको छ । गाउँको भैँझगडा र मुद्दा मिलाउन सिपालु राजमती इङ्नाम गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएरमात्र होइन् उनी विगतका दिनहरुमा नै गाउँघरका महिला हिंसा,झैझगडा मुद्दाहरु मिलाउँदै आएका थिए । उनले ६ बर्ष अघि गाउँमा घटेको सामुहिक बलत्कारको मुद्दामा गाउँका आरोपितहरुलाई मुद्दा लगाई अदालको फैसला अनुसार जेल सजाय दिएका थिए । त्यति मात्र होइन त्यो मुद्दाले साविक बयरवन गाविस सचिव कारबाही गरी सरुवा,प्रशासन फाटको जागिर चट, स्थानीय बिद्यालयको प्रधानध्यापकको कारवाहि स्वरुप सरुवा समेत भएको थियो । उनिहरुले मिलेमतोमा सटिफिकेटबाट उमेर घटाएर, गाविसमा टिपेक्स लगाएर जन्मदर्ता सच्याएर नाबालक बनाए बापत कारबाहिमा परेका थिए ।