मोरङ । ईलाका प्रहरी कार्यालय रानीले बिहिबार दुई लाख सैतालिस हजार पाँच सय रुपैया अवैध भारुसहित पक्राउ परेका दुई जनालाई कारवाहीको लागी राजश्व अनुसन्धान विभाग पुल्चोक पठाएको छ।
पक्राउ पर्नेमा सुनसरी वराह नगरपालिका ७ का २७ वर्षीय जिवन चौधरी र ईटहरी उपमहानगरपालिका १९ का २५ वर्षीय चुडामणी अधिकारी रहेका छन।
उक्त कार्यालयबाट खटिएको टोलीले विशेष सुचनाका आधारमा उनीहरुलाई बुधबार दिउँसो १५;३० बजे विराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको ढाट अगाडीबाट पक्राउ गरेका हुन । उनीहरुको साथबाट भारु दुई हजार दरका ७६ थान र पाँच सय दरका १९१ थान नोट बरामद भएको उक्त कार्यालयले जनाएको छ।
यसैगरी सोही कार्यालयले करिब ७७ हजार ६ सय ४० रुपैया बराबरको अवैध सामानसहित विराटनगर १३ बस्ने २१ वर्षीय मनिष दासलाई बिहिबार भन्सार कार्यालयमा बुझाएको छ।
“सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण अभियान” अन्तरगत रानीबाट निस्केको गस्ती टोलीले दासलाई बुधबार साँझ भारतबाट भन्सार छलेर तस्करी गरी ल्याउदै गरेको अवस्थामा सो मूल्य बराबरको खाद्यान्न र लत्ताकपडासहित नियन्त्रणमा लिएको थियो ।