भद्रपुर । नेपाल आयुर्वेद औषधि व्यवसायी संघ जिल्ला कार्य समिति झापाको अध्यक्ष पदमा भद्रपुरका पंकजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडमा शुक्रवार आयुर्वेद औषधि व्यवसायीहरुको प्रथम भेलाले जिल्ला आयुर्वेद औषधि व्यवसायी संघ गठन गर्दै अध्यक्षमा शर्मालाई चयन गरेका हुन् । अध्यक्ष शर्मा विगत १८ बर्षदेखि आयुर्वेद क्षेत्रका दक्ष युवा हुन । साथै पंकज आयुर्वेद औषधि पसलका सञ्चालक , झापा उद्योग बाणिज्य संघका महासचिव र पत्रकार समेत हुन् । जिल्ला उपाध्यक्षमा दमकका गंगा ढकाल, सचिवमा बिर्तामाडका भगिहाङ्ग लिम्बु, सहसचिवमा दमकका चुडाराज खनाल र कोषाध्यक्षमा दमककै युवराज भट्टराई चयन भएका छन् । त्यसैगरी सदस्यमा बिर्तामोडका रणदेव हजाम, दमकका गणेश न्यौपाने, कनकाईका ओमप्रकाश मैनाली र शिवसताक्षीका सावित्रा पाण्डे चयन भएका छन् । संघका जिल्लाका संयोजक रणदेव हजामको अध्यक्षता तथा नेपाल आयुर्वेद औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष जंगराज गिरीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो ।