मलयालम फिल्मको एक गीतमा गरेको अभिनयका कारण सोसल मिडियामा भाइरल भएकी अभिनेत्री प्रिया प्रकाश वारियर त्यहाँको सर्वोच्च अदालत पुगेकी छन्।

टाइम्स अफ इन्डियाका अनुसार मुसलमानहरूको भावनामा ठेस पुर्‍याएको आरोपमा आफूविरुद्ध दर्ता भएको अभियोगपत्र खारेज गर्न प्रिया सोमबार सर्वोच्च अदालतमा निवेदन दिएकी छन्।

सोसल मिडियामा १० दिन अघि सार्वजनिक भएको गीत हालसम्म तीन करोड ४० लाख पटक हेरिएको छ। यो गीत भाइरल भएपछि बीकम अध्ययनरत १८ वर्षीय छात्रा तथा उनका निर्देशकका विरुद्ध हैदराबादको प्रहरी स्टेसनमा निवेदन दर्ता भएको थियो।

यसका अलाबा अन्य दुई अभियोगपत्र पनि प्रियका विरुद्ध दर्ता भएका बीबीसी हिन्दीले जनाएको छ।