हिजोबाट अल नेपाल रिलिज भएको तिमी संगले सकरात्मक प्रतिक्रियाकाबीच दर्शकको उल्लेखनिय साथ पाईरहेको छ ।
शिशिर रानाले निर्देशन गरेको यस चलचित्रम बिषेश गरी नाजिर हुुुसेनको अभिनयलाई निकै रुचाईएको छ । ‘शत्रु गते’ र ‘बागी २’ पनि रिलिज भईरहेकोले पनि कम शो पाएपछि केही निरास देखिएका निर्माण युनिट फस्ट डे मा सिंगल र मल्टिप्लेक्स दुबैमा हाउफूलकै साथ रिलिज भएपछि निकै खुसी छन् ।
मल्टिस्टारर , चर्चित गीत र स्टारकास्ट कै कारण पनि दर्शकहरुलाई हलसम्म खिचेको यो चलचित्रलाई हेर्न हरेक बर्गका दर्शकहरु आईरहेका छन् । निर्देशक शिशिर र नाजिर हलसम्म पुग्दा नाजिरको क्रेज पनि राम्रै देखियो । उनलाई देखेर रुने युवतीहरु , आशिर्वाद लिने अधैबैसे महिला , पुरुषहरु र युवाहरुले पनि नाजिरको खुबै प्रशंसा गरेका थिए ।

साम्राज्ञी र आकासको कामको प्रशंसा भएपनि चलचित्रलाई नाजिरले नै होल्ड गरेको कतिपयको प्रतिक्रिया थियो । नाजिरलाई देखेर रुने र तस्बिर खिच्नेहरुको भिडमा नाजिरलाई भ्याईनभ्याई थियो । नाजिरको फ्यान युवतीहरुमात्र होईन युवाहरु पनि देखिएका थिए । चलचित्रले आज शानिबार बिदाको दिन भएकोले पनि यसले आफनो कलेक्सन बढाउँने अनुमान गरिएको छ ।