निकिताले खुलाईन् १० लाख पारिश्रमिकको बास्तविकता

  • वैशाख ४, २०७५
  • ब्लाष्ट खबर
‘रानीमहल’ चलचित्रबाट डेब्यु गर्न लागेकी पुर्व मिस नेपाल निकिता चण्डक पछिल्लो केही दिन यता ‘रानीमहल’ बाट लिएको पारिश्रृमिकको कारण चर्चामा छिन् । उनी चलचित्रमा अनुबन्धित भएसंगै साम्राज्ञीलाई टक्कार दिँदै १० लाख पारिश्रृमिक लिएको भन्ने खबर निकै भाईरल भयो । निकिताले डेब्यु मै १० लाख पारिश्रृमिक लिएको खबरले सिने क्षेत्रलाई हल्लायो पनि किनकी नयाँ कलाकारको १० लाखको पारिश्रृमिक चानचुने रकम होईन् । तर निकिताले यसबारेमा बोल्दै आफुले रानीमहलबाट १० लाख पारिश्रृमिक नलिएको बताएकीछिन् । रानीमहलबाट कति पारिश्रृमिक लिईन् भन्ने बारेमा खुलाउँन नचाहेकी निकिताले भनिन् पाएको लिएको भनिएको रकम गलत हो । म आफनो पारिश्रृमिक खुलाउँन चाहान्न तर जति समाचारमा आएको छ त्यती रकम भने होईन । धन्न यो समाचारले सायद साम्राज्ञीलाई भने राहतै देला किनकी अहिलेसम्म १० लाख पारिश्रृमिक लिने उनी एकमात्र नायिका हुन् ।