दैलेख । दैलेखकाे ठाँटीकाध गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा  ६ जनाकाे मृत्यु भएकाे छ ।

सुर्खेतबाट दैलेखको  वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको  जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिकामा दुर्घटना भएकाे हाे । उक्त दुर्घनामा परी ६ जनाकाे मृत्यु भएकाे छ भने  २ जना घाइते छन्। 

मृत्यु हुनेमा ठाँटीकाध गाउँपालिकाका ३० वर्षीया निर्मल बम,  ४० वर्षीय राजेन्द्रबहादुर शाही,  रत्ना शाही, चालक रमेश शाही,  २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिकाका समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।