गाजा सिटि / गाजा क्षेत्रमा हमासले सञ्चालन गरेको सैन्य अदालतले सोमबार छ जनालाई फाँसीको सजाय तोकेको छ ।
इजरालीसँग संदिग्ध तालमेल गरेको आरोपमा उनीहरुलाई झुण्ड्याएर मृत्यु दण्ड दिन अदालतले आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । छ जनालाई फाँसीको सजायसहित १४ जनालाई अदालतले दोषी ठहर गर्दै विभिन्न दण्ड सजायको फैसला गरेको गृह मन्त्रालयले जनाएको छ । फाँसीको सजाय पाउनेमा अमाल नामकी एक महिला मात्रै रहेको अधिकारीहरुले बताएका छन् ।
हमास र त्यसको गठबन्धनले इजरायलसँग गत सन् २००८ देखि युद्ध लड्दै आएको छ ।
गाजा सिटिमा छ जनालाई फाँसीको फैसला
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































