मिरिक(भारत)/ अन्तर्राष्ट्रिय तामाङ परिषद्को अध्यक्षमा अखिल भारतीय तामाङ बौद्ध संघका के.एम. तामाङसहित १९ सदस्यीय पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

दार्जिलिङको मिरिकमा जारी परिषद्को चौथो अन्तर्राष्ट्रिय  तामाङ सम्मेलनको दोस्रो दिन मंसिर २९ गते सनिबारको दिन सम्पन्न बन्दसत्रले आगामी ४ वर्षको लागी सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित गर्नुको साथै परिषदको अध्यक्षमा के.एम. तितुङ तामाङ सर्वसम्वत निर्विरोध निर्वाचित भएका हुन् ।

बन्द सत्रका प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. कुन्साङ योञ्जनको निर्वाचन समितिद्वारा प्रकाशित निर्वाचन परिणाम अनुसार परिषद्को वरिष्ठ उपाध्यक्षमा तामाङ घेदुङबाट टासी लामा तामाङ, उपाध्यक्षमा उत्तर-दक्षिण अमेरिकाबाट भोजकुमार दोङ, युरोपकोबाट इजरायल घेदुङका बीबी लामा तामाङ, पूर्वी एसिया तथा अष्ट्रेलियाको तर्फबाट तामाङ समाज जापानका अस्मिता लामा, खाडी तथा मध्ये पूर्वका तर्फबाट बहराइन तामाङ सेवा समाजबाट सोनाम दोङ तामाङ, दक्षिण एसियाका तर्फबाट नेपाल तामाङ घेदुङका कुमार ब्लोन, महिलाबाट घेदुङकै मिना तामाङ लुङ्बा निर्वाचित भएका छन् ।

त्यसैगरी अन्तराष्ट्रिय तामाङ परिषदको महासचिवमा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङ, सचिवमा तामाङ समाज युएईका रबिनकुमार लामा र महिला सचिवमा बेल्जियम तामाङ समाजका गोपीमाया मोक्तान निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अखिल भारत तामाङ बौद्ध संघका कमला तामाङ थिङ, सह-कोषाध्यक्षमा साईप्रस घेदुङका नानू गोम्जा (सिता) तामाङ निर्वा्चित भएका छन् ।

बन्द सत्रमा संसार भरमा छरिएर रहेका तामाङ घेदुङ एवं तामाङ जन्य संस्थामा आवद्ध २२ देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बाँकी सदस्यहरु भने पछि नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्नेछन् ।

निर्वाचन प्रकृया सकिएपछि निर्वाचन आयुक्त अधिवक्ता योञ्जनले तामाङ भाषामा सपथ खुवाएको थियो । सो अवसरमा निवर्तमान भैसकेका अन्तराष्ट्रिय तामाङ परियषदका अध्यक्ष महेन्द्रजंङ्ग ह्योञ्जन तामाङ, कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका संस्थापक अध्यक्ष परशुराम तामाङ, उपाध्यक्ष कमानसिंह लामा, घेदुङका पुर्व अध्यक्ष कुमार ह्योञ्जन तामाङ लगायतले नवनिर्वाचित अध्यक्ष लगायतका सम्पुर्ण पदाधिकरी एवं सदस्यहरुको कार्यकालको सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साथै, नवनिर्वाचित अध्यक्ष के.एम.तितुङ तामाङले आफ्नो प्रतिवद्धता मन्तव्य व्यक्त गरेका थिए ।  बन्द सत्र शुरु हुनु भन्दा अघिल्लो दिन संसारभरबाट भेला भएका २२ देशका तामाङ समुदायसँग आवद्ध संघ-संस्थाका प्रमुख एवं प्रतिनिधि, पर्यवेक्षक साथै पश्चिम वंगालका राज्य अन्तरगतका दार्जिलिङ्ग, मिरिक, खार्साङ्ग लगायत स्थानका हजारौं तामाङ दाजुभाई तथा दिदिबहिनीहरुको उल्लेख्य सहभागितामा र्याली निकालिएको थियो ।

र्यालीमा तामाङ संस्कृति घेदुङ र ताम्वा संघ नेपालका कलाकारहरुले तामाङ मौलिक संस्कृतिमा आधारित तामाङ डम्फु सेलो आकर्षक ढंगले प्रश्तुत् गरेका थिए । मिरिकको मुख्य बजार ताल एरियाबाट शुरु भएको र्याली बजारको विभिन्न भागको परिक्रमा पश्चात बजार नजिकैको आहालेटारमा आई पुगेर सभामा परिणत भएको थियो ।

मिरिकमा आयोजित अन्तराष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलनले संसारभरका तामाङहरु भाषिक, साँस्कृतिक, शैक्षिक एवं आर्थिक रुपमा अघि बढ्न एकजुट भएर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

सम्मेलनको उद्धघाटन सत्रलाई सम्बाेधन गर्ने वक्ताहरुले संसारको जुनसुकै कुनामा छरिएर बसेका तामाङ सन्तानहरुले अबको दिनमा तामाङ समुदायलाई आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक एवं भाषिक रुपमा माथि उठाउन एक भएर जानुको विकल्प नरहेको औलाएका छन् ।

उनीहरुले संसारभरका सम्पुर्ण तामाङ एक भएर अघि बढे तामाङ समुदायको उन्नती, प्रगती साथै पहिचान जोगाउन सहज हुने बताएका छन् ।

सो अवसरमा उद्धघाटन सत्रका प्रमुख अतिथि पश्चिम वंगाल सरकारका पर्यटन मन्त्री गौतम देव, विशेष अतिथि गोर्खालेण्ड प्रशासन प्रमुख विनय तामाङ, पश्चिम वंगाल सरकारका प्रतिनिधि अरुण श्रृष्टी, तामाङ घेदुङका संस्थापक अध्यक्ष एवं उद्धघाटन सत्रका विशेष अतिथि परशुराम तामाङ, पुर्व राजदुत कमानसिंङ लामा, तत्कालिन अन्तराष्टिूय तामाङ परिषदका उपाध्यक्ष के. एम. तितुङ, तामाङ, राजनेता सीताराम तामाङ, घेदुङका पुर्व अध्यक्ष कुमार योन्जन तामाङ, घेदुङका संघिय अध्यक्ष मोहन गोले तामाङलगायतले सम्वोधन गरेका थिए ।

अन्तराष्ट्रिय तामाङ परिषदका तत्कालिन अध्यक्ष महेन्द्रजंङ्ग तामाङको अध्यक्षतमा सम्पन्न कार्यक्रमको संचालन अन्तराष्टिूय तामाङ परिषदका सचिव प्र्रतिक ङ्यासुर तामाङले गरेका थिए । सम्मेलनमा संसार भरका करिब ३ हजार तामाङ जनताको उपस्थिति रहेको थियो ।