सप्तरी / जङ्गली हात्तीले कुल्चिएर कञ्चनरुप नगरपालिका–११ गोरपार बस्ने ५३ वर्षीया कौशल्यादेवी मण्डलको आज बिहान मृत्यु भएको छ ।
जङ्गली हात्तीले आक्रमण गरेको हल्ला सुनेर बारीतिर हेर्न गएकी नन्दकिशोर मण्डलकी श्रीमती कौशल्यादेवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार गाउँ पसेका हात्तीले उहाँको टाउकामा किचेपछि तत्कालै मृत्यु भएको हो । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिएकाे छ ।
सप्तरीमा हात्तीको आक्रमणबाट एककाे मृत्यु
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































