दमक/ झापाको सुगम नगरमा पर्छ दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला पनि । त्यसमा पनि उनको क्षेत्र । तर उनकै क्षेत्रमा टुकीको भरमा नागरिक बस्नु परेको छ भन्दा अचम्म लाग्ला । यथार्थ यही हो ।
यही ठाउँकी रीता खवासको घरमा भने हालसम्म बिजुली पुग्न सकेको छैन । दमक–१ निवासी खवासका दुई छोरीहरूको यतिखेर परीक्षाको चटारो छ । सोलारको भरमा घर चलेको छ । त्यसको पनि भर छैन । विजुली छैन ।
उनले रातको समयमा छोरीलाई पढ्न समस्या भएको बताइन् । उनको घर मात्रै टुकीको भरमा छैन, सिङ्गो गाउँको ४० देखी ५० घरमा अझै पनि बिजुली पुग्न सकेको छैन ।
गाउँमा भर्खरै पोल गाडिएको छ तर पोलमा कहिले तार टागिने हो त्यो भने टुङ्गो छैन । स्थानीय देवी कार्की भन्छिन पोल गाडीएपछि तार पनि टागिन्छ कि भन्ने आशा पलाएको छ ।
‘वर्षौभरिको पर्खाई पछि गाउँमा पोल त गाडियो अव केहि वर्ष पर्खने हो भने तार पनि त टाँगीएला ?’ ब्याङ्गय गर्दै कार्कीले भनिन ‘वर्षौ पछि पाएका यी जनप्रतिधीले गाउँमा पोल ल्याईदिए अब अर्को पटकका जनप्रतिनिधीले तार ल्याईदिन्छन् भन्ने आशा छ ।’ दमक-१ मात्र हैन दमकको ग्रामीण अन्य क्षेत्रमा पनि बिजुली बिस्तार भएको छैन ।
जसका कारण यहाँका नागरिक कतै टुकीकै भरमा बस्नु परेको छ भने कोहि केहि पैसा भएकाहरुले घरमा सालार जोडेका छन् । दमक १० स्थित संगम चोकबाट करिब १ किलोमटिर पश्चिममा पनि बिजुली छैन ।
मोरङ्गको उर्लाबारी र दमकको सिमानामा पर्ने यस ठाउँका नागरिक वर्षौ देखी टुकीको भरमा छन् ।
स्थानीय गंगा चम्लागाईको घरमा अझै सम्म पनि बिजुली बलेको छैन । बिजुलीको अभावमा अनेककन समस्या झेल्नु परेको उनले बताए । उनका अनुसार बिद्युतको अभावमा खेतबारीमा पर्याप्त रुपमा सिचाई गर्न असुबिधा रहेको छ ।
घरमा बिजुली नहुँदा अन्य समस्या त झेल्नुको कुनै बिकल्प नरहेको बताउँछन् । मावा खोलाको छेउँमा रहेको यहाँको बस्तिमा बिजुली पुगेको छैन । दमक स्थित वडा नं १० ले यहाँका बास्तीमा पोल पुर्याउन बजेट बिनियोजन गरेको जनाएको छ ।
वडाध्यक्ष बोधराज न्यौपानेका अनुसार ४० घर परिवारमा अझै पनि बिजुली पुगेको छैन । त्यसका लागि ७० देखी ७२ वटा बिजुलीका पोलहरुको व्यवस्थापन गरिरिहेका उनले बताए ।
नगरपालिकाका अनुसार दमकमा अझै पनि १ हजार हाराहारीमा बिजुलीका पोलहरुको आवश्यक छ । जसका लागि प्रधानमन्त्रीको कार्यक्रममा पार्ने गरि अघिल्लो बराबरकै कारर्यक्रममा १० करोड बराबराको कार्ययोजना बनाएर परिपत्र गरिसकिएको नगरप्रमुख रोमनाथ ओलीले बताए ।
उनका अनुसार दमकका ग्रमीण वडाहरु १,२,३ ,९ र १० का केहि भित्री तथा नयाँ बिस्तार भएका गाउँमा बिद्युत बिस्तार हुन बाँकी छ । नगरपालिकाले गरेको सर्बेक्षण अनुसार नगरका त्यस्ता गाउँमा आवश्यक पर्ने बिजुलीका पोलहरु दमकमा झारिसकिएको छ ।
११ मिटर अग्ला ती पोलहरु भएकोले त्यसलाई गाड्न आवश्यक पर्ने क्रेनको अभावाले पोलहरु गाड्न समस्या भएको छ । आगामी आर्थीक वर्षभित्रमा दमकका सबै क्षेत्रमा बिद्युत बिस्तार गरिसक्ने नगरप्रमुख ओलीले बताए ।