देउराली । पिण्डेश्वर मन्दिरको महिमा नेपालका अन्य शिव मन्दिरहरुकाे तुलना फरक र महत्वपूर्ण छ । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व हुने गर्दछ ।
मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धामको पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहाँ प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्य करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाई जल चढाउन आउने गर्दछन् ।
स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाई रुद्राक्षका वनको रुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाई छानेर अमृत निकाली सकेपछि बाँकी रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाई यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ । संसारको जुनकुनै कुनामा यदि रुद्राक्षको माला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्डेश्वर बाबा धाममा ल्याई विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धार्मिक विश्वास रहेको छ ।
यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्तीलगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुरा हुने विश्वासका साथ पश्चिम नेपालदेखि भारतका विभिन्न ठाउँहबाट आउने गर्दछन् । बिगतमा यस भेगमा बारम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको यहाँका जानकारहरु बताउछन् । उनीहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनीहरुको मृत्यु पश्यात, मन्दिर परिसर भित्रनै अन्तश्ठी गरी शिव लिङ्ग स्थापना गरि उनीहरुको समाधि निमार्ण गरेको छ ।
यस मन्दिरमा मध्यकाली कला कैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको जाेकोहिले पनि सहजै बुझ्न सक्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिरहरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोसीमाताको पनि मन्दिर रहेको छ ।
यस पिण्डेश्वर क्षेत्र भित्र सरस्वती कुण्ड, र संस्कृत अध्यापन हुने पिण्डेश्वर क्याम्पस रहेका छन् । ऐतिहासिक, धार्मिक र संस्कृतीक दृष्टिले पिण्डेश्वर पूर्वको एक महत्वपूर्ण स्थलको मानिन्छ । पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तका लागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्रसंग पनि रहेको मानिन्छ, तथापि प्रत्येक १२ वर्षमा चतरामा लाग्ने महा कुम्भ मेलाको घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड ज्योती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनु पर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरुसंग पनि रहेको छ ।
यस धाममा बाला चर्तुदशी, शिवरात्री र तिजमा मेला लाग्ने गर्दछ । पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास बनेपाली भन्छन् कोशी र कोकोह को तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्व पुर्ण क्षेत्र हो यसको सम्रक्षण र प्रर्वधन गर्नु सम्पुर्णको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलको उचित संरक्षण गर्नु हरेकको दायित्व हो । हाम्रो संस्कृती नै हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नाले आफ्नो पहिचानको संरक्षण हुनेछ ।