धरान / धरानमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एउटै समयमा दुई छुट्टा छुट्टै कार्यक्रममा भएका छन् । धरान उमपहानगरपालिकाको सहयोगमा महिला संञ्जाल धराने भानुचौकमा कार्यक्रम आयोजना गरेको छ । यता सोही प्रकृतिका नेकपाको भात्रृ संगठन अनेमासंघ र अनेमासंघ क्रान्तिकारी धरान नगर कमिटिको संयुक्त आयोजनामा धरान–१५ स्थित सदन स्कुलमा महिला श्रमिकहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको थियो ।
अनेमासंघकी केन्द्रीय उपाध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यतामा धरानलाई कार्य क्षेत्र बनाएर निर्माण, यातायातलगायत क्षेत्रमा काम गर्ने १३७ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । अनेमा संघले धरान क्षेत्रमा रहेका निर्माण व्यवसायीहरुलाई भेला गरेर ८ मार्चमा महिला श्रमिकलाई विदा दिएर उक्त दिनको ज्याला भने प्रदान गर्ने वातावरण बनाइएको अनेमा संघकी जिल्ला अध्यक्ष बेनु काफ्लेले जानकारी दिइन । सोही कार्यक्रममा अव नियमित विदा र ज्याला प्रदान गर्दै पुरुष सरह ज्याला दिइने निर्माण व्यवसायी ठेकेदारहरुले प्रतिवद्धतासमेत जाहेर गरेका थिए । कार्यक्रममा नेकपाका नगर, जिल्ला, प्रदेशका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । एक हजार अटाउने हलमा सहभागी धेर भएर बाहिर बसेका थिए ।
यता भानुचोकमा संञ्जालले गरेको कार्यक्रम शुरु हुनु अघि विशाल ¥याली आयोजना गरिएको थियो । नेपाली काङ्ग्रेसकी नेतृ डा. डिला संग्रौलाले सम्बोधन गरेकी थिइन । कार्यक्रममा कवि कुन्ता शर्मालाई साथी एवार्ड प्रदान गरिएको थियो । सञ्जालको कार्यक्रममा प्रायजसो नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेकपाबाट उपमेयरमा निर्वाचित कार्यवहाक मेयर मञ्जु भण्डारीले भने दुवै कार्यक्रममा सहभागीता जनाएकी थिइन ।
तस्विरः उपेन्द्र चाम्लिङ