रङ्गेली / चासोको रुपमा रहेको प्रदेश १ को नाम र स्थायी राजधानी तोक्ने विषयलाई किनारा लगाउन सत्तारुढ दल नेकपाका जुटेका छन् ।
नेकपाको प्रदेश कमिटिका पदाधिकारीहरु अन्तिम रुप दिन विभिन्न पक्ष सँग छलफलमा जुटेका छन् । बुधबार विराटनगमा प्रदेश कमिटिका पदाधिकारीहरुले केन्द्रिय कमिटिका नेताहरु र प्रदेश सरकारका मन्त्रिहरुसँग पनि छलफल गरेका थिए । उनीहरुले प्रदेशको नाम र राजधानीको टुङ्गो लगाए पछि मात्र प्रदेश १ को नेकपाको संसदिय दलमा प्रवेस पाउने छलफलमा सहभागिले बताएका छन् । छलफलमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले पार्टी बाटै संसदीय दल गाइडेट हुने बताए । उनले प्रदेशको नाम र राजधानीको विषयमा विभिन्न कोणबाट छलफल भएको बताए । यसलाई सर्वसम्मत ढङ्गले आगाडी बढने बताए ।
प्रदेशको नाम र राजधानीको विषयमा पार्टीको तर्फबाट संस्थागत रुपमा छलफल हुन नसकेकाले यसपटक संंस्थगत रुपमा छलफल भएको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताए । उनले छलफलमा प्रदेशको नाम र राजधानीको विषयमा विभिन्न कोणबाट छलफल गरिएको बताए । प्रदेशको नाम र राजधानीको अन्तिम निष्कर्ष प्रदेश कमिटीले गर्ने उनले बताए । त्यसकै आधारमा यस विषयले प्रदेश सभामा प्रवेस पाउने उनले जानकारी दिए ।
भुगोल, पहिचान र ऐतिहासिक पहिचानको आधारमा नाम राख्नु पर्ने विषयमा छलफल भएको केन्द्रिय सदस्य तथा प्रदेश सांसद राजेन्द्रकुमार राइले बताए । राजधानी विकेन्द्रिकरण गरेर राख्ने पक्षमा नरहेको उनले बताए ।
छलफलमा सहभागी केन्द्रिय सदस्य महेश रेग्मीले सबैको भावनालाई समेटने गरी प्रदेशको स्थायी राजधानी र नामाकरण गर्नु पर्ने बताए । उनले बिहिबार अन्य दल सँग पनि छलफल भए पछि अन्तिम निस्कर्षमा पुग्ने बताए ।
बैठकमा नेकपाका प्रदेश १ कमिटीको तर्फबाट प्रदेश १ का इञ्चार्ज भीम आचार्य, सहइञ्चार्ज शावित्रीकुमार काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राई (हिमाल) सहभागी थिए ।
बैठक निष्कर्षमा पुग्न नसक्दा लम्बिएको थियो । पार्टीको बैठक लम्बिदा बुधबार बस्ने भनेको नेकपाको संसदिय दलको बैठक पनि बहिबारको लागी सारिएको थियो ।
यता प्रदेश सभाका सांसदहरुले विराटनगर राजधानी नराख्न भन्दै हस्ताक्षर संकलनको अभियाननै चलाएका छन् । उनीहरुले बृहत विराट क्षेत्रलाई राधानी कायम गरेर कार्यपालीका र व्यवस्थापिका संरचनाहरुलाई विकेन्द्रिकरण गर्नु पर्ने भन्दै हस्ताक्षर संकलन गरेका थिए ।