चतरा / सुनसरीको वराहक्षेत्र–१ चावाचामा पर्र्ने ऐतिहासिक पुराताŒिवक दरबारक्षेत्र संरक्षण हुन नसक्दा त्यहाँका पुराताŒिवक सामग्री दिनदिनै हराउन थालेका छन् । स्थानीय तह, पुरातŒव विभागले चासो नदिँदा भग्नावशेषका बहुमूल्य पुराना सामग्रीहरू हराउन थालेको स्थानीय बूढापाकाहरूले बताएका छन् ।

जङ्गलको बीचमा रहेको दरबारको भग्नावशेष कसको हो भनेर हालसम्म पहिचान हुन सकेको छैन । पहिचान हुन नसकेपछि भौतिकरूपमा कम्तिमा चारसय वर्षदेखि पाँचसय वर्ष पुरानो पुराताŒिवक क्षेत्र भएको अनुमान गरिएको छ । पुरातŒव विभागले समेत हालसम्म आधिकारिक रूपमा अध्ययन, अनुसन्धान र उत्खनन् गर्न चासो देखाएको छैन ।

वराहक्षेत्र नगरपालिकाको जलकन्या सामुदायिक वन क्षेत्रभित्र रहेको उक्त भग्नावशेषमा १३ औं शताब्दीको इँटा, प्रस्तरका कला, पहिचान गर्न नसकिएको तामाका सिक्का, तामा पगालेका धाउ, पर्खाल, हात्ती बाँध्ने साङ्ला, शिवका मूर्ति, प्वाँलोका माला, यत्रतत्र भेटिने गरेका छन् । स्थानीय बासिन्दाहरूले कुम्भमेला आयोजना गर्न ५० लाख रुपैयाँ दिनसक्ने सरकारले ऐेतिहासिक दरबार क्षेत्रको संरक्षण गर्न गुरु योजनासहितको बजेट विनियोजन गरिदिए वराहक्षेत्रमा धार्मिक पर्यटनसँगै ऐतिहासिकस्थलको अवलोकन गर्न आउनेहरूको ताँती लाग्न सक्ने पुण्यबहादुर दाहालले बताए । उनले भने, ‘दरबार जोसुकै को होस् तर संरक्षण हुनुपर्छ ।

स्थानीय समुदाय लाभान्वित हुनुकासाथै वराहक्षेत्रको पनि पर्यटकीय प्रवद्र्धन हुने थियो ।’
भग्नावशेष आसपासमा रानीखोला, रानीखेत र चावाचाको डाँडामा रहेको अर्को भग्नावशेष ‘लालकोट’ मा रहेका छन् । लालकोटमा पहिले नै गाडधन समेत फेला परेको थियो । गाडधनमा सुन–चाँदीका सिक्काहरू घैलामा फेला परेको तर ती सबै अरुले लगेको स्थानीय बूढापाकाहरू बताउँछन्् ।
चावाचाका ६५ वर्षीय मोहन दाहालका अनुसार हिन्दुपति राजा र दोशयन्ती रानीको ऐतिहासिक दरबार नै हालको भग्नावशेष हो । दरबारनजिकैको आँपको बगैंचा रहेको छ ।

बगैंचामा रानीले रोपेको अमृत गाछी समेत रहेको बताइन्छ । दाहालका अनुसार भग्नावशेषका इँटा ढुङ्गा, मूर्तिजस्ता पुराताŒिवक बहुमूल्य सामग्री गाउँलेहरूले लैजान प्रतिबन्ध गरेपछि अरुले चोरीतस्करी गरेर लैजाने गरेकाले संरक्षण जरुरी रहेको छ । अझै पनि पुराना सामग्री खोज्ने कतिपय तस्करहरूले त्यहाँ बहुमूल्य वस्तु भेटिन सक्ने ठानेर जताततै खन्ने कामसमेत गरेकाले सीमाङ्कन गरी पर्यटकीयस्थल बनाउनु पर्नेमा उनले जोड दिए । दाहालले भने, ‘चतरामा सुनसरी, मोरङ सिंचाइ आयोजना शुरु हुँदा भारतीयहरूले स्वेल कन्जर्भेसन गर्ने बहानामा भग्नावशेष क्षेत्रभित्र जताततै खनेका थिए । के कति पुराना सामग्री फेला पारेर लगे थाहा छैन ।’ स्थानीय भीमबहादुर दाहालको अनुमानमा औलो वा बिफरको महामारीले सबै मासिएपछि खण्डहर बनेको हुनसक्छ ।

लिम्बुवानका इतिहासकार तथा लालीगराँस नगरपालिकाका प्रमुख अर्जुबाबु माबुहाङले उक्त दरबार सेनवंशी राजा हरिहर सेनको हुन सक्ने बताए । हरिहर सेनले हिन्दुमत धारण गरेकाले स्थानीयले हिन्दुपति राजाको दरबार भनेको हुनसक्ने माबुहाङले बताए ।