हङकङ / हङकङमा सरकार विरोधी प्रदर्शनले उग्र रुप लिएको छ । प्रदर्शनकारीहरुले अन्तर्राष्ट्रिय विमानस्थल ‘कब्जा’ नै गरेका छन् ।

हङकङ अन्तराष्ट्रिय हवाई अड्डाको टर्मिनल सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले भरिभराउ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । प्रर्दशनकारीहरुको भीडका कारण सबै उडान रद्द भएको हवाई केन्द्रले जनाएको छ । १०० बढी विमान उड्न सकेको छैन ।

सरकारले ल्याएको सुपर्दुगी विधेयकलाई लिएर हङकङमा सरकारविरोधी प्रदर्शन सुरु भएको हो ।
सरकारकी प्रमुख क्यारी ल्यामले विधेयक फिर्ता लिएपछि पनि प्रदर्शन भने झन उग्र बन्दैं गएको छ । पछिल्लो समय क्यारीले राजीनामा माग गदैं प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।