ताप्लेजुङ । ताप्लेजुङमा विहिवारदेखि सुरु भएको चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ बिजयी भएको छ ।
ट्राईबेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ बिजयी भएको हो । निर्धारित समय दुवै टिमले गोलरहित बराबरी खेले ।
ताप्लेजुङका विकास शेर्पा गोल गर्न चुके । घरेलु टिमका लागि क्रिस राई, सन्तोष लिम्बु,मनिराज लिम्बु र सुशिल लिम्बुले गोल गरे । मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शंकर राईले गोल गरे ।
निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसके पछि खेल ट्राईबेकरमा धकेलिएको थियो । यता खेलको म्यान अफ दि म्याच मोरङका खेल क्याप्टेन सुर्य श्रेष्ठ घोषित भएका छन् ।
यसैबीच भोलीको खेलमा रेडहर्ष क्लब ईलाम र फिदिम स्पोर्टिङ क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ । शुत्रबारको खेलमा आयोजक पराजित भएसँगै ताप्लेजुङका दुवै टोली पहिलो चरणबाटै बाहिरीएका छन् ।
यसअघि बिहिबार भएको खेलमा रेडहर्स ईलाम सँग पोमू केछाङ ताप्लेजुङ ३–० गोल अन्तरले पराजित भएको थियो । भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको १ टिम सहित १० टिम सहभागि छन् ।