बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा–३ का ५६ वर्षीय खम्बबहादुर सेन्च्युरी रहेका छन् ।

आफ्नो घरको विद्युजीको सट भएको तार मर्मत गर्ने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर सेन्च्युरी  गम्भीर घाइते भएका थिए । सेन्च्युरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।