धरान  / स्कुले बालिकालाई ट्रकले किचेर गम्भीर घाइते बनाए पछि कोहलपुर क्षेत्र भएको उग्र तनावलाई रोक्न स्थानीय प्रशासनले कर्फ्यु जार िगरेको छ ।
ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी थिइन्। यही घटनालाई लिएर भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि आइतवार दिउँसो ३ बजेदेखि प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको हो।
विद्यार्थीहरुको ढुङ्गा प्रहारबाट कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र उपाध्यायका अनुसार दक्षिणतर्फ नेपालगन्ज–कोहलपुर पिपरी चोक, उत्तरमा नौ बस्ता चोक, पूर्वमा रोहिणी खोला र पश्चिममा किरणमालासम्म कर्फ्यु जारी गरिएको जानकारी दिएका छन् । कोहलपुरको त्रिभूवन उच्च मावि नजिकै दुर्घटना भएपछि ट्रक जलाइएको थियो।
प्रहरी माथिसमेत आक्रमण भए पछि स्थिति तनावपूर्ण भएको थियो । ट्रकले दुइटै खुट्टा किचिएकी बालिकालाई नेपाली सेनाको हेलिकोप्टरले काठमाडौ उपचारका लागि लगिएको छ । भीड नियन्त्रण गर्न प्रहरीले फाइरिङ नै गर्नु परेको थियो । ठूलो भीड खन्निएपछि पछि हटेका थिए । प्रहरी पछि हटे पछि प्रदृशनकारीहरुले सडकमा भएको दर्जनौ गाडी तोडफोड गरेका थिए ।