विराटनगर । प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले पशुपंन्छी औषधीको नियमन र अनुगमन गरिन छुटै ऐनको प्रवद्र्धन गरिने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरु भएको नेपाल पशुपंन्छी व्यवसायी संघको १२ औं राष्ट्रिय महाधिवेशनको उदघाटन शत्रमा मन्त्री घिमिरले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले पशुपन्छी र मानवजन्य औषधीको विक्री वितरणमा प्रदेश सरकारले विज्ञ टोली राख्ने बताए । ‘प्रदेशले छुट्टै ऐन र नियमवली बनाएपछि यस क्षेत्रको बुझने विज्ञ टोली हुनेछ,’ मन्त्री घिमिरले भने ।

मन्त्री घिमिरले कृषि, पर्यटनको माध्यबाट प्रदेश १ लाई समृद्धि प्रदेश बनाउने बताए । उनले पराम्परागत खेती प्रणालीलाई परिवर्तन गरि कृषिलाई आधुनिकरण गरिनुपर्नेमा जोड दिए । आधुनिकरण सँगै कृषिलाई औद्योगिकरण गनुपर्ने मन्त्री घिमिरले बताए ।

कार्यक्रममा व्यवसायीहरूले पशुपंक्षि औषधी खरिद ऐन छुट्टै ल्याउनका राज्यसँग माग राखे । कार्यक्रममा बोल्दै नेपाल पशुपंक्षि औषधी व्यवसायी संघका महासचिव यज्ञराज ढकालले औषधी ऐन २०३५ का आधारमा अहिले पशुपंक्षिलाई प्रयोग गरिने औषधी ल्याउने गरिएको बताए । मानव स्वास्थ्यमा प्रयोग गरिने औषधी ऐनमा आधारित रहेर पशुपंक्षिको औषधी खरिद गर्नुपर्ने प्रक्रियाले पशु स्वास्थ्यको आवश्यकता पूर्तिमा समस्या रहेको उनले बताए ।

संघका निर्वतमान अध्यक्ष हेमराज बडालले आकस्मिक औषधी खरिदका अस्पतालको प्रतिवेदन आवश्यक पर्ने बताए । अब पशुपंक्षि औषधी ऐन राज्यले छुट्टै बनाउन आवश्यक भएको बताए । देशभरमा चार हजार संख्यामा रहेका पशुपंक्षि औषधी व्यवसायीमध्ये तीन हजार मात्रै संघमा दर्ता रहेका छन् । शनिबार सम्म हुनेन्द्रीय महाधिवेदनमा देशभरका व्यवसायीका प्रतिनिधिहरू सहभागि छन् ।

कार्यक्रममा पुराना व्यवसायीहरूलाई सम्मान पनि गरेको थियो । सोही अवसमार उत्कृष्ट प्रदेशको रुपमा सुदुरपश्चिम प्रदेशलाई घोषणा गरेको छ ।