श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल पाैँष ०९ गते बुधबार, २५ डिसेम्बर २०१९ । पौष कृष्णपक्षको चतुर्दशी तिथि ११ः१२ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र ज्येष्ठा १७ः११ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१३ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक झन्झट आइपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । रमणीय एवम् फलदायी स्थानको भ्रमण गर्ने अवसर मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा तत्जन्य कार्य–व्यवसयमा मन जानेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथिको सेवा गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्राको योग छ । धार्मिक कार्यक्रममा संलग्न भइएला । रमाइलोमा दिन बित्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । नजिकका व्यक्तिहरूबाट असहयोग हुनेछ । बन्न लागेको काममा बाधा होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । आफन्त तथा साथीभाइको विशेष सहयोग मिल्ला । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलङ्कार प्राप्त होला । प्रतिस्पर्धामा विजय प्राप्त होला ।