धरान / धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको दौडमा १६ जना सामेल भएका छन् । स्वास्थ्य मन्त्री भानुभक्त ढकालको संयोजकत्वमा रहेको तीन सदस्य उपकुलति सर्च कमिटीले उपकुलपतिका लागि इच्छुकसँग आवेदन माग गरे अनुसार विभिन्न १६ जनाले आवेदन दिएका हुन ।
आवेदन दिनेमा प्रतिष्ठानकै हालका कार्यवहाक उपकुलपति प्राडा गुरुप्रसाद खनाल, मेडिसिन विभागका प्रमुख प्राडा सञ्जिबकुमार शर्मा, मेडिसिन विभागकै प्राडा प्रल्हाद कार्की, हाडजोनी विभाग तथा पूर्व रेक्टर प्राडा विक्रमप्रसाद श्रेष्ठ, रहेका छन् ।
यसै गरि फोरेन्सीक विभागका डा बिएन यादव, डा पारसकुमार पोखरेल, डा सिएस अग्रवाल, डा गजेन्द्रप्रसाद रौनियार, डा बद्रीप्रसाद बडु प्रतिष्ठानबाट आवेदन दिएका छन् ।
अन्यत्रबाट डा आरपी बिच्छा, डा गेहनाथ बराल, डा ज्ञानेन्द्र गिरी, डा नारायण बिक्रम थापा, डा रोजन्द्रप्रसाद साह, डा अनिल मिश्रले पनि आवेदन दिएका छन् । डा। खनाल, डा बराल र डा गिरीको नाम सिमारिस हुने सम्भावना रहेको मन्त्रालय श्रोतले जनाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले तीन जनाको नाम सिफारिस गरे पछि कुलपति तथा प्रधानमन्त्री केपी ओलीले एकजनालाई उपकुलपतिमा नियुक्ती गर्ने छन् ।