धरान । चीनका राष्ट्रपति सी जिनपिङले कोरोनाभाइरस नियन्त्रण गर्नु अहिलेको महत्त्वपूर्ण कार्य रहेको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको बैठकका क्रममा उनले कोरोनाभाइरस नियन्त्रणका लागि सबैपक्षबाट अभियान थाल्नुपर्ने बताएका हुन् । चीनको राष्ट्रिय टेलिभिजनले जनाएअनुसार सीले वैज्ञानिक अनुसन्धानबाट कोरोनाभाइरसको औषधि बनाउने बताएका छन् । चीनले छिट्टै त्यसका लागि एउटा प्रोजेक्ट थाल्ने तयारी भएको बताए ।