ब्लाष्टखबर । प्रतिष्ठानभित्र आफू अनुकूलको निर्णय गराउने उद्देश्यले प्रा. डा. गुरु खनाललाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकुलपतिमा नियुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सिफारिस गरेकाे छ ।
बिहीबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई डा. खनाल उपकुलपतिमा नियुक्ति गर्न सिफारिस पत्र पठाएकाे हाे । पत्रमा प्रतिष्ठानमा सिनियर प्रोफेसरहरूमध्येबाट र रजिष्टारमा उपयुक्त विज्ञ प्रशासक नियुक्ति गरी प्रतिष्ठानको दीर्घकालीन नेतृत्व बनाउन भनिएकाे छ ।