श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २३ गते शुक्रबार, ०६ मार्च २०२० । फागुन शुक्लपक्षको एकादशी तिथि ०७ः१८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र पुनर्वशु ०६ः३९ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः२५ र सूर्यास्त ६ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समसयाले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुशीयाली छाउला । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कदा तथा साहित्यको क्षेत्रमा मन जानेछ । धार्मिक यात्राको अवसर मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्य व्यवसायमा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।शुभ समाचार सुन्न पाइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । अतिथि सेवा सत्कार गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा विध्न बाधा आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मुद्दा–मामिलमा तपाइको विजय हुनेछ । नयाँ कार्यको शुभारम्भ होला । रमाइलो वातावरण दिन बित्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचर सुन्न पाइएला ।