श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल फागुन २८ गते बुधबार, ११ मार्च २०२० । चैत्र कृष्णपक्षको द्वितीया तिथि १९ः०८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र हस्ता २२ः४२ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः२० र सूर्यास्त ६ः१० बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । राजनैतिक क्षेत्रमा तपार्इंको उच्च स्थान रहला  ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आफ्नोभन्दा अरूको काममा बढी समय दिनुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा सत्कार गर्नु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईको विजय होला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्य–व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्राप्त भइरहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्य–व्यवसायमा सफलता मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचर सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । लाभदायी यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माङ्गलिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला । यात्राको योग छ ।