श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि.सं. २०७६ साल फागुन ३० गते शुक्रबार, १३ मार्च २०२० । चैत्र कृष्णपक्षको चतुर्थी तिथि १४ः३२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र स्वाति १९ः३६ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः१८ र सूर्यास्त ६ः११ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । सवारी प्रयोगमा सावधन हुनुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । सेवाूुलक कार्यमा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गर्दै गरेका कार्य व्यवसायमा सफलता मिल्ला । नपत्याएका व्यक्तिबाट उचित सहयोग प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आम्दानीका स्रोतहरू बन्द हुनेछन् । पारिवारिक जीवनमा केही समस्या आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आम्दानीका नयाँ स्रोतहरू पत्तालाग्नेछन् । साथीभाइ तथा आफन्तको सहयोग मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धातु तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलो यात्रा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरूको काममा बढी समय दिनुपर्ला । आर्थिक सङ्कट आइपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोकिएका कामकाजहरू सुचारु हुनेछन् । सामाजिक र राजनैतिक क्षेत्रमा मन जानेछ । शुभ कार्यको चर्चा चल्नछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । समाजका गन्यमान्य व्यक्तिसित भेट हुनेछ ।