विराटनगर/१ नम्बर प्रदेशका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले एक महिनाको तलब “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाई दिने घोषणा गरेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलिन नदिन तथा सो रोगको रोगथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको उक्त कोषमा दिने आज मंगलबार एक विज्ञाप्ती जारी गरि जानकारी दिएको हो ।

सरकारले कोरोना भाइरस सम्बन्धि गरेको रोकथाम, नियन्त्रण तथा उपचार उपाय र सर्तकताका लागि आम नेपाली जनताले कोरोना विरुद्ध होस्टेमा हैसे गरी एकजुट भइ लड्नु पर्ने अवस्था भएकाले आफू बाँचेर अरुलाई पनि बचाउँन सबैमा प्रदेश प्रमुख अधिकारीले अनुरोध पनि गरेका छन् ।