'कोरोनाभाइरस: सम्पूर्ण मानवजातिका निम्ति खतरा'

alt
  • चैत्र १३, २०७६
  • ब्लाष्ट खबर

बीबीसी / कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले बताएका छन् । त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने उनल ेबताएका छन् ।  देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताउदैं सबै मिलेर महामारी विरुद्ध लड्न आवहान गरेका छन् ।

आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको उनले जानकारी गराएका छन् ।

‘यदि यो महामारीलाई विकसित मुलुकहरूमा नियन्त्रण गरिन्छ तर यदि यसलाई विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइन्छ भने दशौँ लाख मानिसको ज्यान जान सक्छ।’–उनले भनेका छन् । ूत्यतिमात्र होइन त्यसले भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर पनि दिनेछ र परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्न सक्नेछ। त्यसैले यो लडाइँ आधामात्र लड्न सकिँदैन।

यसबीच विश्व स्वास्थ्य संगठनले परीक्षण, क्वारन्टीन तथा सङ्क्रमणका स्रोतको निरन्तर खोजीको आवश्यकतामाथि जोड दिएको छ। सङ्क्रमणबाट अति प्रभावित इटलीको प्रयासलाई प्रशंसा गर्दै विस्तारै उसका प्रयासले नतीजा ल्याउने राम्रा सङ्केत देखिएको डब्लु एच ओ ले बताएको छ।

तर अझै देशहरूमाझ मतभेद
राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताइरहँदा शक्तिशाली देशहरूमाझ भाइरसलाई लिएर मतभेद देखिएका छन्। सम्पन्न देशहरूको समूह जी सेभेनका विदेशमन्त्रीहरूमाझ कोरोनाभाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भएको छ।

अमेरिकाले वक्तव्यमा ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताएको थियो, तर अन्य कैयन् सदस्य देशहरूले भने त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरे। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बैठकलाई कूटनीतिज्ञहरूमाझ चीनले भाइरसको स्रोतबारे अनर्गल षडयन्त्रका सिद्धान्त फैलाइरहेको जानकारी रहेको बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड(१९ लाई चिनियाँ भाइरस भन्ने गरेका छन् भने वरिष्ठ चिनियाँ अधिकारीहरूले उक्त भाइरस अमेरिकी सेनाले चीन भित्र्याएको आरोप लगाएका छन्।

काेराेनाको उपचारमा स ...

धरान । प्रदेश नं १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को ...

‘कोभिड–१९’ बाट विश् ...

एएफपी / कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइर ...

तेह्रथुम छथर-६ का वड ...

धरान । तेह्रथुमको छथर गाउँपालिका ६ नम्बरका वडाध्यक्षले ...

गाउँपालिकाले थाल्यो ...

पाँचथर । सरकारले लक डाउनको अवधि बढाएसंगै कुम्मायक गाउँप ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved