कब्जियतका रोगीलाई औषधिभन्दा खानपान एवं पथ्यापथ्यको विशेष ध्यान दिनु आवश्यक हुन्छ । खा“दा यस्तो वस्तुको प्रयोग गर्नुपर्छ जसले खाए पछि स्वतः पेट सफा रहन सकोस् । कब्जियतको कारणले शरीरमा अनगिन्ती रोगीहरु लाग्न सक्छन् । कब्जियत भएको रोगीले बिहान सबेरै उठ्नेवित्तिकै चिसो पानीले राम्रोस“ग नुहाउनु पनि राम्रो हुन्छ । पौडी खेली नुहाएमा पनि धेरै उत्तम हुन्छ । कोही पनि यकृत (कलेजो) को बिरामीको कारण खाएको राम्रोस“ग पाचन नभई कब्जियतको शिकायत धेरै दिनसम्म भइरहेर अथवा पेटमा वायु जम्मा भएर जसको दिशा सफा भएको छैन, त्यस्तो व्यक्तिले बिहान सबेरै डुल्नु, दौडनु र व्यायाम गर्नु र प्रतिदिन एक छाक पेस्ता खानु, महीको सेवन गर्नाले रोग बिस्तारै घट्दछ । व्यायाम लगातार जारी राख्नुपर्छ, त्यसले जीर्ण भइसकेको स्वास्थ्य फेरी प्राप्त हुन्छ ।

सबै प्रकारको ताजा फलहरु कब्जियतको लागि विशेष लाभदायक छ । मेवा सर्वोत्तम छ । अन्नमा सबैभन्दा राम्रो चना हो । यसलाई भिजाएर खानु उत्तम छ । यदि भिजाएको चना राम्ररी पचेन भने त्यस बखत चनालाई उसिने नुन, अदुवा आदि हाली खानु असल छ । कोही कोही दाल चनालाई भिजाएर खाने गर्दछन् । तर त्यसरी खानुभन्दा बोक्रा भएको गेडा चना नै खानु राम्रो हुन्छ । प्रत्येक अन्नको बोक्रामा कब्जियत हुन नदिन प्रशस्त मात्रामा शक्ति हुन्छ । अचेल खानामा बोक्रा–बोक्रा फाली राम्रो र स्वादिलो बनाएर मात्र खाने चलन छ ।

तर त्यसमा रहेको गुणकारी तत्वहरु फाली खाने गरिएकोले कब्जियत भई विभिन्न रोगले मानिसलाई सताउने गर्दछ । गहु“को चनाको खोस्टासमेत भएको पिठोको रोटी पकाई खानु सबैभन्दा राम्रो हुन्छ । उसिनेको चना अथवा गहु“ मिलाएको चनाको पिठोको रोटी कब्जियतको लागि सा“च्चै नै धेरै राम्रो काम गर्नुपर्ने हुन्छ । जुनसुकै अन्नको रोटी खाए पनि त्यसको खोस्टा अलगत नगरी खानुपर्दछ । खोस्टा सहितको रोटी खानाले पेटमा कब्जियत हुन पाउ“दैन । मेसिनबाट पिनेको पीठो खा“दा स्वादिलो भएता पनि यसमा कब्जियत नष्ट गर्ने शक्ति हु“दैन । गहु“को दाल पकाई खा“दा पनि फाइदा गर्दछ । गहु“लाई उसिनेर त्यसमा स्वाद अनुसारको नुन मिलाई खानु कब्जियतलाई असाध्यै राम्रो हुन्छ ।

जाँतोमा पिनेको चोकरसहितको रोटी खानु, कब्जियतलाई असाध्यै राम्रो हुन्छ । खाँदा राम्रोस“ग दा“तले चबाई चबाई खानुपर्छ । काजु, अंजिर, सुकेको मेवा, खजुर, पेस्ता, दा“ते ओख्खर, नरिवल आदि खानु पनि हितकर छ । सागपात र हरियो तरकारी खानु लाभदायक छ । खान सक्यो भने सबभन्दा राम्रो रायोको साग पकाई नुन जिरा हाली भातको सट्टा पेटभरि खानाले कब्जियतको सिकायत अनुभूति कहिल्यै हु“दैन । किनकी जसरी कुचो आदिले कुना काप्चा भुईंमा भएको फोहोर मैलालाई सफा गर्दछ त्यस्तैगरी रायोको सागले पनि आद्रा झिल्लीमा अड्केर रहेको मललाई राम्ररी निखारेर सफा गर्न मद्दत गर्दछ । पाकेको बेलको सर्वत पनि यसको लागि अति नै गुणकारी हुन्छ ।

यसले आद्रामा गोटी बनेर रहेको मल सफा गरी निकालिदिन्छ । बेल चाहि पाकेको र ताजा हुनुपर्छ । सधै कब्जियत हुनेको लागि इसबगोलको सेवन पनि धेरै फाइदाजनक छ । यसको बीज ६ घण्टासम्म पानीमा भिजाई खानु राम्रो हुन्छ । यसको खोस्टारहितको पानी खान सकिन्छ । यो दिशा लाग्ने चीन होइन । पुरानो आउ“को कारण हुने कब्जियतको लागि यो भन्दा उत्तम चिज अरु पाइ“दैन । दाल, घिउ र गुलियो धेरै खानु हु“दैन । दूध, दही र मोहीको व्यवहार उत्तम छ किनकी यसले कब्जियत नाश गर्छ । बिहान सबेरै खुला हावामा विस्तारै विस्तारै हिड्नुले पनि कब्जियत नाश हुन्छ । कब्जियतमा मासु, रक्सी, चिया, कफी, खुर्सानी, मसलाहरु, मिठाई, भात, मैदा, खोस्टारहित दाल, मेसिनबाट पिनेको पीठो, रातमा जागी रहनु, खाना पछि दिनमा सुत्नु आदि निषेध (वर्जित) मानिन्छ ।