धरान /  काेरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय समिति आमचोक गाउँपालिका भोजपुरले गाउँपालिका प्रवेश नाकाहरुमा कडाई गरेको छ ।
तराईबाट आमचोक प्रवेश गनेृ मुख्य नाकाहरु रानिटार,हैखराङ, बयाङमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहितको हेल्प डेक्स स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष अशोक राईले जानकारी दिए ।
लकडाउन अवधिमा गाउँपालिका प्रवेशमा रोक लगाइएको उनले बताए । संभावित कोरोना संक्रमितहरु आफ्नो गाउँपालिका प्रवेश नगरुन भनेर नाकामा कडाई गरिएको अध्यक्ष राईले ताए । ‘नाकाहरुमा स्वास्थ्यकर्मीहरुको टोलीहरुले चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ । शंका लागेका व्यक्ति पाइए बालांखामा निर्माण गरिएको १५ बेडको क्वारेन्टाइनमा राखिने छ ।’– अध्यक्ष राईले भने ।
यसै गरि ९ वटा स्वासथ्य चौकी, वडा कार्यालयलगायत बढि भीडभाड हुने स्थानमा हात धुनै स्थान बनाइएको छ । हिल ट्याङक, सावुन पानी, सेनिटाइजरको व्यवस्था गरिएको छ ।
गाउँगाउँमा माइकिङ
गाउँमालिकासँग भएको एम्बुलेन्स मार्फत गाउँगाउँमा सचेतनाका लागि माइकिङ गर्ने काम पनि भइरहेको अध्यक्ष राईले जानकारी दिए । विदेशबाट आउनेहरुको लागत संकलनका लागि वडा कार्यालयहरुलाई निर्देशन दिइएको छ । हाल सम्म १२ जना विदेशबाट आएर गाउँपालिकाको सम्पर्कमा आएर होम क्वारेन्टाइनमा बसिरहका छन् । अव नयाँ आउनेलाई भने १४ दिन क्यारेन्टाइनमा राख्ने निर्णय भएको उनले जानकारी दिए ।

91566102_642632886302598_3289625476183621632_n 91567209_528940021144758_2037444726155640832_n 91427987_1088045954894346_281630106634420224_n 91287930_256063822092103_313513435579023360_n 91301720_241504400370370_3220860945240686592_n